दाङ, १२जेठ ।
तुलसीपुरमा भोलि(आईतबार) देखि तीनदिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार ५ वटा सबस्टेशनबाट सञ्चालित १० वटा फिडर अन्तर्गतका बिभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
विद्युतको तार नजिक रहेका रुख तथा हाँगाबिगा काट्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने वितरण केन्द्र प्रमुख शिवनारायण गोसलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अश्वारा सबस्टेशनबाट वितरित फिडर अन्तर्गत भमके,अश्वारा,बालापुर फिडर अन्र्तगत बालापुर र सलौरा, सुकौरा फिडर अन्तर्गत सुकौरा,दोघरे,दुधेना,हापुरे सबस्टेशनको पुरन्धाारा फिडर अन्तर्गत हापुरे,हंसपुर,जौबारी,बगाले,कालीमाटी लगाएतका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको छ ।
यस्तै बाघमारे फिडर अन्तर्गत खिलतपुर,गुनडले,पेदा,बाघमारे,जुम्लेकुला,भलानेटी,बगरखोला,चिराघाट,पञ्चकुले फिडर अन्तर्गत पञ्चकुले,कट्कुईया,मलइ,रगैँचा लगाएतका क्षेत्रमा पनि विद्युत अवरुद्ध हुने प्रमुख गोसलीले बताउनुभयो ।
यस्तै तुलसीपुर सबस्टेशनको कपुरकोट फिडर अन्तर्गत रानागाँउ,राम्री,कृष्ण मन्दिर फिडर अन्तर्गत सल्यानरोड,घोराहीरोड,बसपार्क,कृष्णमन्दिर,मानपुर-बिजौरी फिडर अन्तर्गत बिजौरी,मानपुर र मलवार,हापुरे१३२/१३३केभि सबस्टेशनको हापुरे,अश्वारा ३३ केभि लाईन अन्तर्गत तुलसीपुर उपमहानगरपालिका,शान्तिनगर,दंगिशरण र बबई गाँउपालिकाका सम्पुर्ण क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको हो ।
प्रमुख गोसलीका अनुसार सबै ठाउँमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म जेठ १३ गतेदेखि १५ गतेसम्म लगातार तीनदिनसम्म विद्युत अवरुद्ध हुने भएको छ ।यस्तै सोही समयमा सोही स्थानहरुमा जेठ २६ गते पनि विद्युत अवरुद्ध हुने प्रमुख गोशलीले बताउनुभयो । तर समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने सुचनामा उल्लेख छ ।