२०८१ असोज २१ गते सोमवार

नेकपा एमाले तुलसीपुर १९ को अध्यक्षमा रोका



तुलसीपुर,१२ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तुलसीपुर-१९ को अध्यक्षमा लोकबहादुर रोका निर्विरोध चयन हुनुभएको छ ।आज (शनिवार) थानगाँउमा भएको विशेष अधिवेशनबाट रोका निर्विरोध चयन हुनुभएको हो । वडा समिति अध्यक्ष लोकबहादुर रोकाको अध्यक्षता तथा एमाले नेता एवं निवर्तमान वडा अध्यक्ष राम बहादुर योगीको प्रमुख आतिथ्यतामा भएको विशेष अधिवेशनबाट समितिको उपाध्यक्षमा धर्मा श्रेष्ठ,सचिवमा सुरेन्द« केसी,सह-सचिवमा झुपलाल खड्का र डिला विक चयन हुनुभएको हो ।

यस्तै वडा कमिटी सदस्यहरुमा आइतराम खड्का, टीकाराम घर्ती, खिमबहादुर केसी, नर्तु खत्री, लालबहादुर ओली, दुर्गा बिक, तुलसा जैसी, शशिधर शर्मा, मेनका नेपाली, कृष्ण पुन, कृष्णबहादुर विश्वकर्मा, काले रावत, कर्णबहादुर ओली, प्रकाशबाबु रेग्मी, भीमबहादुर ओली, यज्ञबहादुर भण्डारी, राम सुवेदी, शेरबहादुर ओली, खड्कबहादुर खड्का, खुमबहादुर बस्नेत, कमारी रावत, चमकन्या चौधरी, अनेत्रबहादुर बिक, मंगरु चौधरी, खिमबहादुर खड्का, गीता बिक, इन्द्रबहादुर खड्का चयन हुनुभएको छ ।

त्यस्तै मोहनलाल घर्तीको संयोजकत्वमा १८ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा सुमन पोख्रेल, चुर्णबहादुर पार्धे, डंकबहादुर ओली, रामबहादुर योगी, लक्ष्मण पोख्रेल, मीनबहादुर पुन, शोभाकर रोका, कमलप्रसाद पौडेल, रेवतीप्रसाद बस्नेत, मैतराम बिक, दिलबहादुर बुढा, लोकसिङ ओली, पलबहादुर खड्का, अमर रोका, रेवती विश्वकर्मा, विनय पोख्रेल, भीमप्रसाद न्यौपाने चयन हुनुभएको छ । भेलाले वडा इञ्चार्जमा प्रेमनाथ योगीलाई चयन गरेको छ भने सहइञ्चार्जमा बिमल रेग्मी र गोकर्ण पौडेल चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि योगीले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिदै पार्टीलाई थप मजवुत बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।
उपाध्यक्ष  धर्मा श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्व वडा समिति अध्यक्ष बिमल रेग्मी रअमर रोका,नेकपा एमाले दाङका पुर्व प्रचार विभाग सदस्य गोकर्ण पौडेल,प्रेस चौतारी दाङका सह-सचिव एकराज भण्डारी,चुर्ण प्रसाद पार्धे,रेवती प्रसाद बस्नेत,फुलराम चौधरी,झुपलाल खड्का,भिमप्रसाद न्यौपाने लगाएतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिव रामबहादुर पौडेलले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार