२०८२ जेष्ठ १० गते शनिवार

तुलसीपुरमा निशुल्क लिच्चि बाँड्दै हिँडेका उपेन्द्र



तुलसीपुर,१७ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ जितपुर निवासी समजसेवि उपेन्द्र पाैडेलले सडकपेटिमा जय शिव महाकाल संस्थाले व्यवस्थापन गरेको स्थानमा खाना खान पुग्ने बटुवाहरुका लागि घरमा उत्पादित लिच्ची निशुल्क वितरण गर्न शुरु गर्नुभएको हो ।

अत्यधिक गर्मि बढेपछि तुलसीपुर सहित देशभरको जनजिवन प्रभावित भैरहेका समयमा गर्मीयाममा तुलसीपुर बजार भएर ओहोदोहोर गर्ने बटुवाहरुलाई केहि शितलता प्रदान गर्ने उद्देश्यले नयाँ वषपार्कमा विहिवार विहानैदेखि लिच्ची बाँड्न थाल्नुभएको थियो ।

सो स्थानमा जय शिव महाकाल नामक संस्थाले सडकपेटिमा समस्यामा रहेका नागरिकहरुलाई खाना खुवाउदै आएको छ । उक्त संस्था संग समन्वय गरेर खाना खान पुगेका वटुवाहरुलाई लिच्चि खुवाउने कार्यक्रमको आयोजना गरिएको पौडेलले बताउनुभयो ।

‘हामिले घरमा लिच्चि रोपेका थियौं,यसपाली राम्रो उत्पादन भएको छ,‘उहाँले भन्नुभयो-‘घरमा खाएर बचेको फल बजारमा बेच्दा राम्रै आम्दानी पनि गर्न सकिन्थ्यो । गर्मी मौसम छ,केही वटुवाहरुलाई लिच्चि  चखाउँ भन्ने लाग्याे तेसपछि  यस्तो निर्णय गरेको हुँ ।’

गर्मियाममा पाैडेलले शुरू गरेकाे रचनात्मक याे अभियानले सिजनको फल लिच्चि खान पाँउदा वटुवाहरु भने खुशी देखिन्थे ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार