
दाङ,१७ जेठ।
अत्यधिक गर्मी बढेका कारण पढाईमा असहज अबस्था आएपछि घोराही उपमहानगरपालिकाले पाँच दिन सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
यही जेठ १८ गते देखि २२ गते सम्म गर्मी विदा गर्ने नगरले निर्णय गरेको हो । उक्त विदालाई बार्षिक तोकिएको बर्षे विदाबाट कट्टी हुने गरी गर्मी विदामा मिलान गरिएको हो । अत्यधिक गर्मी बढेपछि विद्यालयमा बालबालिकाहरु विरामी पर्न थालेपछि पाँच दिन विद्यालय बन्द गर्नुपर्ने अबस्था आएको हो ।
नगर प्रमुख नरुलाल चौधरीले बालबालिकाहरुलाई गर्मीको समयमा घरबाहिर ननिस्कन, घरमै बसेर पढ्न, खानपानमा बिषेश ध्यान दिन अपिल गर्नुभएको छ । साथै उहाँले गर्मीको समयमा विभिन्न स्वास्थ्य समस्याहरु आउने र देखिने गरेको भन्दै उहाँले सरसफाई, खानपान र हिडडुलमा ध्यान दिन अपिल गर्नुभएको हो ।
काँचो चिजहरु नखान, अत्याबस्यक काम बाहेक घर बाहिर ननिस्कन, खाने बस्तुहरु राम्रो सँग पकाएर खान, सुरक्षित पानी पिउन, नियमित स्वास्थ्य सरसफाईमा ध्यान दिन सबै नगरबासीहरुमा नगर प्रमुखले आग्रह गर्नुभएको छ ।