२०८१ असार ४ गते मङ्गलवार

अत्यधिक गर्मि बढेपछि राप्ती बबई क्याम्पस २० दिनसम्म बिदा



तुलसीपुर, १८ जेठ ।
अत्याधिक गर्मि बढेपछि राप्ती बबई क्याम्पस २० दिनका लागि बिदा भएको छ ।

तुलसीपुरमा रहेको क्याम्पस प्रशासनले गर्मी बढेपछि जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिएको हो ।

तर बिदाको समयमा पनि क्याम्पस प्रशासन खुल्ला रहने क्याम्पस प्रमुख गणेश पार्धेले जानकारी दिनुभयो ।

क्याम्पसले नियमित पठन-पाठन असारको ९ गते देखि सञ्चालन गर्ने क्याम्पस प्रमुख पार्धेले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार