तुलसीपुर, २० जेठ ।
तुलसीपुरका विद्यालय भोलिदेखि संचालनमा आउने भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको आज बसेको बैठकले भोलिदेखि विद्यालयमा नियमित पठनपाठन संचालन गर्ने निणर्य गरेको नगरका सामाजिक विकास समितिको संयोजक मानबहादुुर रावतले बताउनुभयो ।
गर्मी अत्याधिक बढेपछि तुलसीपुर उपमहानगरपालिकाले जेठ १८ गतेदेखि विद्यालय बन्द गर्ने निणर्य गरेको थियो ।
जेठ २२ गतेसम्म विद्यालय बन्द गर्ने निणर्य भएपनि शनिबार साँझ पानी परेपछि शितलता भएकाले भोलि जेठ २१ गतेदेखि विद्यालय संचालनमा आउने संयोजक रावतले बताउनुभयो ।
प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार