२०८१ जेष्ठ ३१ गते बिहिवार

तुलसीपुरमा आफ्नै साथिकाे खुकुरी प्रहारबाट एक युवक घाइते



तुलसीपुर, २१ जेठ ।
तुलसीपुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । आफ्नै साथीहरूको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका-९ पातुखोलाका श्याने भनिने टोपबहादुर नेपाली घाइते हुनुभएको छ ।

उहाँका दुवै खुट्टामा घुँडामुनि खुकुरी प्रहार भएको छ । घाइते नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर बजारबाट सँगै गएका साथीहरूले नेपालीलाई आइतबार बेलुकातिर तुलसीपुर- १७ मानपुरमा खुकुरी प्रहार गरेका हुन् । रिसिबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ ।

खुकुरी प्रहार गर्ने तुलसीपुर- ९ बेलुवाका सुरज वली र सन्तोष हमाललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार