२०८१ साउन ५ गते आइतवार

तुलसीपुरमा युवाहरूकाे नगरसभा सुरू



तुलसीपुर,२७ जेठ ।

 तुलसीपुरमा नमुना युवा नगरसभा अभ्यास सुरू भएकाे छ ।युवा सम्बन्धि नीति निर्माणकाे तरिका,कार्यान्वयनकाे चरण र नगरसभाकाे अभ्यासका लागि  आज(आइतबार) नगरसभाकाे उद्घाटन भएकाे हाे ।

कार्यक्रमका  प्रमुख अतिथि पुर्व राष्ट्रिय सभा सदस्य काेमल वलीले  देश विकासमा युवाकाे नेतृत्व अपरिहार्य रहेकाे बताउनुभयाे । युवाहरूकाे क्षमता विकासका लागि स्थानीय सरकारले भूमिका निर्वाह गर्न नसकेकाे उहाँकाे भनाइ थियाे।

युवा देशमा बस्नै मान्दैनन् भनेर पन्छिने तर युवालाई देशमै स्वराेजगार सिर्जना गर्ने कार्यक्रम स्थानीय सरकारले समेत ल्याउन नसक्दा युवाकाे नेतृत्व विकासमा समस्या भएकाे बताउनुभयाे ।

युवाकाे नेतृत्व विकासका लागि सबै तहका सरकाकाे उत्तिकै भुमिका छ,उहाँले भन्नुभयाे-´भाैतिक पुर्वाधारकाे निर्माण मात्र विकास हाेइन मानविय साेचकाे विकास हुन जरूरी छ । नेतृत्व विकास भएन भनेर मात्र हुन्छ ? खै राज्यले लगानि गर्नुपर्दैन? स्थानीय सरकारलाई प्रतिप्रश्न गर्नुभयाे`। युवाहरूकाे नेतृत्व विकासमा सबै तहले ध्यान दिनुपर्ने उहाँले बताउनुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानि चाैधरीले नगरसभा अभ्यासमा सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयाे। उपमहानगरमा वालविवाहका घट्ना बढिरहेकाे भन्दै युवा सक्षम नहुँदा सम्म साे समस्या रहिरहने भएकाले यसकाे अन्त्य हुनुपर्ने बताउनुभयाे।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले देश निर्माणकाे जिम्मेवारी युवाकाे काँधमा रहेकाे बताउनुभयाे। परिवर्तनका लागि युवा पुस्ता जाग्नुपर्ने बेला आएकाे उहाँकाे भनाइ थियाे ।

युवाहरूकाे नेतृत्व तहकाे विकासका लागि विभिन्न फाेहाेरमैलाले समस्या रहेकाे भन्दै आफू सरसफाइ गर्न सुरू गरेकाे जानकारी दिनुभयाे ।पालिकामा भएकाे फाेहाेरलाई सफा गर्न थालिएकाे छ,उहाँले भन्नुभयाे-´म यहाँ आएकाे धेरै समय भएकाे छैन् ,उपमहानगर भित्र र बाहिर रहेकाे फाेहाेरलाई सरसफाई अभियान थालेकाे छु । याे अभियानबाट केही साथिहरू आत्तिएकाे महशुस गरेकाे छु ,राेकिनेवाला छैन् पुर्ण रूपमा सरसफाइ गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु` । यसैगरि युवालाई  नेतृत्वमा लैजानपनि पुरानाे पुस्तामा सरसफाई हुन जरूरी रहेकाे  उहाँले बताउनुभयाे।

युवा आफैमा काँचाे माटाे रहेकाले उनिहरूलाई सहि मार्गनिर्देश गर्नुपर्ने वडा नम्बर १८ का अध्यक्ष माधव वलीले बताउनुभयाे । उहाँले युवालाई सहि समयमा सहि मार्गमा अघि बढाउन अग्रजहरूले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयाे ।युवाले नेतृत्वका लागि जवरजस्त रूपमा भएपनि भूमिका खाेज्नुपर्ने अध्यक्ष वलीकाे भनाई छ ।

देशमा सम्भावनाकाे खडेरी देख्ने प्रबृत्तिले अहिले युवाहरू विदेश पलायन भैरहेकाे  तुलसीपुर-२ का वडा अध्यक्ष भिम बहादुर याेगीले  बताउनुभयाे । युवालाई  उद्मशिलतासंग जाेडेर अघि बढे पलायन भैरहेकाे युवा जनशक्तिलाई देशकाे नेतृत्व तहमा  अगाढि बढाउन सकिने बताउनुभयाे ।

कार्यक्रममा नवजागरण महिला तथा बालबालिका संरक्षण केन्द्रका अध्यक्ष नवराज लामिछाने,तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी लगाएतले नेतृत्व तहमा युवालाई अगाडि सार्नुपर्ने बताउनुभयाे।

 स्थानीय युवा परिषदका उपाध्यक्ष प्रकाश रावतकाे अध्यक्षता तथा  राष्ट्रिय सभाका पुर्व सदस्य काेमल वलिकाे प्रमुख आतिथ्यता एवम्  तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चाैधरीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रमकाे उद्घाटन गरिएकाे हाे ।

युवालय संस्थाका  कार्यक्रम सहायक आराेही अधिकारीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण नगर युवा सञ्जाल तुलसीपुरका अध्यक्ष ओदबहादुर भण्डारी (गणेश) ले गर्नुभएकाे थियाे ।

१६ वर्षदेखि  ४० वर्ष उमेरसमुहका युवाले युवाकाे लागि नेतृत्व गरेकाे संस्था युवालयकाे आयाेजना,तुलसीपुर उपमहानगरपालिका,एफकेडिएफ,प्रदेश स्तरिय नगर संजाल तथा प्रादेशिक युवा परिषदकाे सहकार्यमा आजदेखि दाङकाे तुलसीपुरमा सुरू भएकाे नमुना युवा नगरसभा अभ्यास जेठ २९ गतेसम्म तीन दिन सञ्चालन हुनेछ ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडाहरूबाट ४० जना यवाहरूकाे सहभगिता रहेकाे छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार