२०८१ असार ४ गते मङ्गलवार

दाङमा श्रीमानको कराही प्रहारबाट श्रीमतीको मृत्यु



फाईल फोटो

दाङ, २७ जेठ ।
दाङमा श्रीमानको कराही प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।
दाङ-देउखुरीको गढवामा श्रीमानले तरकारी पकाउने कराही प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

गढवा गाउँपालिका-२, पचहिया निवासी २६ बर्षीय रन्जित चौधरीले २१ बर्षीया श्रीमति कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा गम्भीर घाइते हुनुभएको थियो ।

गत जेठ २४ गतेराती करिब ९ बजेतिर तरकारी पकाउने क्रममा श्रीमान श्रीमतीको विवाद हुँदा श्रीमानले कराही प्रहार गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी चौधरीको बुटवलको क्रिमसन हस्पिटल बुटवलमा उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको गढवा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार