
दाङ,३२ जेठ ।
प्युठानको मान्डवी गाँउपालिका -३ नयाँ गाँउका विशाल सुनार अहिले २० वर्षको हुनुभयो । पाँच वर्ष अघि आफ्नै घरको कौशीवाट लडेपछि विशालकाे मेरुदण्डमा समस्या आयाे तेसपछि उहाँकाे जिवनमा ठुलाे वज्रपात पर्याे ।
विशाल पुर्ण रूपमा विस्तारामा पर्नुभयाे । विभिन्न अस्पतालमा उपचारका लागि परिवारले लामाे समयसम्म पुर्याउने गरेपनि सुधार आउन सकेन्। केही समय अघि उहाँहरूले आफ्नै पालिका मान्डवी गाँउपालिकाका जनप्रतिनिधि मार्फत दाङकाे तुलसीपुरमा निशुल्क रूपमा फिजियाेथेरापी सेवा सञ्चालनमा रहेकाे जानकारी पाउनुभएकाे थियाे।तेसलगत्तै अपांग समाज सुधार केन्द्रले सञ्चालन गरेको फजियाेथेरापी सेन्टरमा आवासीय सुविधासहतिको सेवा लिन थालेपछ विशालको स्वास्थ्यमा अहिले उल्लेख्य सुधार हुँदै गएको छ ।
सल्यानको शारदा नगरपालिका- ५ का ओपेन्द्र चन्दले ठुला सवारी साधन चलाएर स्वदेशकै रोजगारीमा रमाइरहनुभएको थियाे ।पाँच महिना अघि उहाँलाई पनि अचानक प्रेसरको समस्याले शरिरको एकातर्फको पुरै भाग नचल्ने भयो । काठमान्डौँ लगाएतका शहरमा जाँच गराएर उपचार समेत गराउनुभयो तर स्वास्थ्यमा सुधार आउन सकेन् ।अहिले दाङमा लिइरहेको फिजियाेथेरापी सेवाले भने छाेटाे समयमै सुधार भएकाे उहाँलाई महशुस भएकाे छ । चन्द भन्नुहुन्छ-´पहिलेकै अवस्थामा चाँडै फर्कन सक्छु भन्ने आत्मविश्वास
छ `। छिट्टै निकाे भएर पहिले जस्तै ठुला सवारीका साधन हाँक्ने लक्ष्य छ ।
तुलसीपुरका कमल चनारापनि प्यारालाइसिस समस्याको विरामी हुनुहुन्छ । डेढ वर्ष अघिदेखि याे समस्याबाट पिडित चनारा एक साता अघिबाट नियमित रूपमा केन्द्रमा फिजियाेथेरापी सेवा लिन जान थाल्नुभएको हो ।संस्थाले निशुल्क रूपमा दिएकाे सेवाबाट चनारा सन्तुष्ट हुनुहुनुहुन्छ । नियमित रूपमा थेरापी केन्द्र पुग्न थालेपछि दैनिकि सजिलाे भएकाे उहाँको भनाई छ ।
दाङमा अपांग समाज सुधार केन्द्रले सञ्चालन गरेको निशुल्क फिजियाेथेरापी सेवा प्रभावकारी बन्दै गएको छ । बिगत दुई वर्ष अघिदेखि २०७८ सालबाट तुलसीपुरमा सञ्चालनमा आएको केन्द्रमा लुम्बिनी र कर्णाली प्रदेशका अपाङ्गता भएका अधिकाँश नागरिकहरुको लागि स्वास्थ्यमा भरपर्दो सुधार केन्द्रका रुपमा हेरिएको छ ।
केन्द्रमा अहिले सबैभन्दा धेरै प्यारालाइसिस र मेरुदण्डको समस्या भएका बिरामीहरूले सेवा लिने गरेका छन् । एक जना फिजियाेथेरापिष्ट डाक्टर र एकजना सहयोगीले उपचार सेवा दिदै आएका छन् । सेवा प्रभावकारी बन्दै गएपनि लागि आवश्यक जनशक्ती र भौतकि पुर्वाधारको कमि, स्वास्थ्यकर्मीले समयमै तलब नपाउनु र उपचार सामाग्री पर्याप्त नहुँनु जस्ता समस्या देखिएको फिजियाेथेरापिष्ट डा.सन्दपि आचार्यले बताउनुभयाे ।
उहाँले गएकाे माघमा नियुक्ति पत्र बुझेदेखि चालू वर्षको जेठ मसान्तसम्म(६ महिना) भैसक्दा पनि तलव सुविधा प्राप्त गर्न नसकेकाे बताउनुभयो । अन्य ठाँउमा पनि काम गर्ने भएकाले पनि सहज भएकाे छ । उहाँले भन्नुभयाे-´यहि संस्थामा मात्र काम गर्ने गरेकाे भए यति धेरै समय भैसक्याे तलब सुविधा राेकिएकाे छ घरव्यवहार चलाउनै गाह्राे परिहल्थ्याे नि` ।
केन्द्रमा चालु वर्षको जेठसम्ममा ३६ जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा लिइसकेका छन् । नियमित रुपमा उपचारका लागि पुग्न नसक्ने बिरामीलाई आवासीय सुबिधाकाे समेत व्यवस्था छ । दैनकि ३२ जना सम्म बिरामीलाई सेवा दिन सकिने क्षमता भएपनि अहिले पर्याप्त भौतकि पुर्वाधार र उपचार सामाग्रीको अभावमा दैनकि १० जनालाई मात्र सेवा दिइरहेको अपांग समाज सुधार केन्द्र दाङका कार्यक्रम संयोजक हुमकान्त कँडेलले बताउनुभयाे ।
उहाँका अनुसार वितेकाे ६ महिनादेखि केन्द्रमा रहेका स्वास्थ्यकर्मीलाई तलव भुक्तान गर्न नसक्दा कार्य सञ्चालनमा समस्या आएकाे छ । तुलसीपुर उपमहानगरपालिकाले संस्थाले चालू वर्षमा साढे ८ लाख रूपैयाँ बजेट विनियोजन गरेपनि विनियोजित रकम पुर्ण रूपमा कार्यान्वयन नहुँदा समस्या देखिएकाे उहाँकाे भनाइ छ । उपमहानगरबाट विनियोजित रकममध्य साढे ४ लाख रूपैयाँकाे लागतमा संस्थामा भान्सा निर्माण भइसकेकाे छ । जसमध्य ४ लाख रूपैयाँ अहिलेसम्म संस्थाले भुक्तानी नपाउँदा कार्यालय सञ्चालनमा कठिनाई भएकाे छ ।उहाँले भन्नुभयाे -´पालिकासंग निरन्तर छलफलमा रहेकाे छु अषाढमा त पक्कै भुक्तानी हाेला तेसपछि कर्मचारीलाई तलव खुवाउने तयारी गरेका छाैँ `।
अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य समस्या सुधारका लागि केन्द्रको उपचार सेवा प्रभावकारी बन्दै गएपनि सेवालाई थप प्रभावकारी बनाउन स्थानीय सरकारले भने अभिभावकिय भुमिकामा कन्जुस्याइँ गर्न नहुने सराेकारवालहरू बताउँछन् ।