
तुलसीपुर, १ असार ।
तुलसीपुरमा आज (शनिवार) विद्युत सेवा बन्द हुने भएकाे छ।तुलसीपुर वितरण केन्द्र अन्तरगत कृष्णमन्दिर र एयरपोर्ट फिडरमा ४००/२३० भाेल्टकाे एल.टि. लाईन मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द गरीने वितरण केन्द्र प्रमुख शिवनारायण गाेशलीले जानकारी दिनुभयाे।
उहाँका अनुसार आज बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहनेछ ।
कृष्णमन्दिर र एयरपोर्ट फिडर अन्तर्गत तुलसीपुर उपमहानगरपालिका,ग लाइन,उपमहानगरपालिका अघिकाे २ सय के.भी.ए ट्रान्सफर्मर,मावि सेन्टर १०० के.भि.ए,सल्यान राेड विरेन्द्र चाेक २ सय के.भी.ए ट्रान्सफर्मर र नेपाल टेलिकम अघि रहेकाे १ सय के.भि.ए ट्रान्सफर्मर लगाएतका क्षेत्रहरुमा विद्युत अबराेध हुने कार्यालयले जनाएकाे छ ।
तर समय अगावै काम सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने सुचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०८१ असार २ गते शनिवार