२०८१ माघ १२ गते शनिवार

कुखुरा ब्यबसायी समितिको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशन



दाङ, २ असार ।
तुलसीपुर कुखुरा ब्यबसायी समितिको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशन भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा समितिका सस्थापक अध्यक्ष तारा प्रसाद पौडेलले ब्यबसायी फुट्ने नभइ जुट्ने बेला आएको बताउनुभयो ।

उहाँले नयाँ कार्यसमिति गठन भएसंगै ब्यबसायीक हकहित, पोल्ट्री उत्पादन तथा बिक्री वितरणमा भएका समस्याहरुलाई गम्भीर रुपमा हेर्नुपर्ने बताउनुभयो । ब्यबसायमा आउने हेरक समस्या र चुनौतीलाई सबैले सहकार्य गरि सामना गर्ने, तुलसिपुर क्षेत्रमा दुईवटा कुखुरा ब्यबसायि समिति भएको हुदा समस्या सृजना भएकोले भएको बताउनुभयो ।

दुईवटा समिति एकीकरण गरेर तुलसीपुरदेखी पश्चिम शान्तीनगर, दंङ्गीशरण, बबई, सल्यान कालिमाटी, रामपुरलाई समेत समेटेर एउटा एकताबद्ध कुखुरा ब्यबसायी समिति एक हुनुपर्ने सर्बसम्मत रुपमा दुर्गा बस्नेतको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा किरण आचार्य, सचिवमा दीपक कुमार बस्नेत, कोषाध्यक्ष बिरज डागी, सदस्यहरुमा झुपलाल वली, खुमलाल बिश्वकर्मा र दोमकान्त बस्याल रहनु भएको छ । यस्तै सल्लाहकारहरुमा ढाकाबिर खत्री, नबराज भुषाल, ताराप्रसाद पौडेल, बसन्त खडका र होम बहादुर बस्नेत चयन हुनु भएको छ ।

तुलसीपुर कुखुरा ब्यबसायी समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षता तथा तारा प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा बबई गाउँपालिकको पुरन्धारामा कार्यक्रम भएको हो । समितिका कार्यालय प्रमुख ईश्वरी प्रसाद गैरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सचिव दीपक कुमार बस्नेतले गर्नु भएको हो ।।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार