२०८२ बैशाख १३ गते शनिवार

समाजिक सञ्जालका सामग्री हेरेर खुबै आँसु बगाईन्थ्याे 



तुलसीपुर-४ असार ।

असार ३ गते सरकारले वकर इदकाे सार्वजनिक विदा दिएकाे थियाे । अघिपछि विदाकाे समयमा सुनसान रहने तुलसीपुर उपमहानगरपालिका परिसर साेमबार भने अलि वेशि नै चहलपहल थियाे । कारण थियाे नेपाल पत्रकार महासंघ दाङले  आमाहरुका लागि तुलसीपुर उपमहानगरपालिकाकाे सभाहलमा मिडिया साक्षरता कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । मध्यान्नकाे गर्मिमा आमाहरूले शान्तपुर्वक मिडिया साक्षरता कक्षा लिईरहेका थिए ।

कार्यक्रममा सहभागी तुलसीपुर-७ का टीका पाैडेलले यस अघि माेवाईलमा जे सूुचना आयाे तेहि सुचनालाई सत्य मान्ने गरेकाे बताउनुभयाे ।सत्यतथ्य केहाे कहिल्यै छुट्टाउन लागिएन सामाजिक सञ्जाल र मिडिया फरक कुरा रहेछन् । उहाँले भन्नुभयाे-´सामाजिक सञ्जालमा कतिपय समाग्री त भ्युज बढाउनका लागि मात्र बनाउने गरिदाे रैछ, सत्य तथ्य नबुझी बेकारमा आँसु बगाइएछ खेरै गयाे`। मूलधारका मिडिया र सामाजिक सञ्जालका बारेमा जानकारी पाएपछि गलत र सहि सूचना पहिचान गर्न अब सजिलाे भएकाे पाैडेलले बताउनुभयाे ।

उहाँजस्तै तुलसीपुर -९ का कमला वलीपनि मिडिया साक्षरता कक्षामा सहभागी हुनुहुन्थ्यो । उहाँलेपनि सूचनाकाे विश्वसनीयतामा पहिचानका लागि मिडिया साक्षरताले सहयाेग पुर्याएकाे बताउनुभयाे । सबै सहि हुन्छन् वा सबै गलत हुन्छन् भन्नेपनि छैन् ।´उहाँले भन्नुभयाे-हल्लाका पछाडी लाग्न् नहुने रहेछ कतिपय सामाजिक सञ्जालका सामाग्रीले समाजलाई नै बर्वादिकाे दिशामा लगेकाे महशुस भयाे`।

युट्युव र फेसबुक लगायतका सामाजिक संजालबाट आएका सामग्रीलाई समाचारको रुपमा लिने प्रवृति रहेकोले पनि समस्या छन् । मिडियाबारेमा नागरिकलाई बुझाउन आवश्यक रहेको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बताउनुभयो । आम नागरिकले सामाजिक संजालका आएका सबै सामग्रि समाचार होइनन् भन्ने बुझ्न सकेमा मूलधारका मिडियाप्रतिको विश्वास बढ्दै जाने देखिएको छ ।

 तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडाका करिब ६० जना आमाहरुलाई मिडियाबारे सचेतना प्रदान गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ दाङले मिडिया साक्षरता सचेतना प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नगरप्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस सेन्टर दाङका उपाध्यक्ष राकेश बस्नेत लगायतले मिडियामा आउने सामग्रिको विश्वसनियताका लागि मूलधारकै मिडिया रेडियो, पत्रपत्रिका र टेलिभिजनमात्रै रहेको बताउनुभयो । सामाजिक संजालमा आउने मिथ्या समाचारले नागरिकलाई भ्रमित पारिरहेको उहाँको भनाई छ ।

कार्यक्रममा प्रेस काउन्सील नेपालका केन्द्रिय सदस्य शरद अधिकारी र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले सहभागीलाई मिडिया र कानुनी कुराको बारेमा प्रशिक्षण गर्नुभएको हो । कार्यक्रममा मूलधारका मिडिया र सामाजिक संजालको महत्व बुझाइएको छ । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शितल र सहसचिव दिप्तीशिखा चौधरीले गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते मङ्गलवार