तुलसीपुर,५ असार ।
दाङकाे तुलसीपुर उपमहानगरपालिकामा लिफ्ट जडानकाे काम शुरू भएकाे छ । उपमहानगरकाे नयाँ प्रशासनिक भवनकाे तीन तलामाथी पुग्न लिफ्ट जडानकाे काम शुरू भएकाे हाे ।
लिफ्ट जडानकाे ठेक्का पाएकाे कन्टिनेन्टल विल्डर्स तुलसीपुरले अहिले लिफ्ट जडानकाे बेस तथा संरचना निर्माणकाे काम गरिरहेकाे सञ्चालक सचिन पाैडेलले जानकारी दिनुभयाे । अब फाउन्डेशनकाे काम १० दिनमा सकेर असारकाे तेस्राे सातासम्ममा लिफ्ट जडानकाे काम सकिने पाैडेलले जानकारी दिनुभयाे ।
उच्च प्राविधिसहितकाे ओटिस कम्पनिकाे लिफ्ट जडान गर्न लागिएकाे हाे । दृष्टिविहिनहरूका लागि साउन्ड सिष्टमकाे सुविधा रहनेछ भने पुर्णरूपमा अपाङ्गमैत्री रहने निर्माण पक्षले दावि गरेकाे छ।
उहाँका अनुसार भ्याट बाहेक ५७ लाखकाे लागतमा काम भैरहेकाे छ । जसमध्येकाे बजेटबाट पालिकाकाे प्राङगनमा ईन्टरलक टाईल विच्छाइएकाे छ भने भवनकाे पहिलाे तलामा शाैचालय निर्माण काम भैरहेकाे छ ।
त्यस्तै पार्क क्याफेसंग सटेका सिमामा ढुङ्गाकाे पर्खाल तथा तथा तारजालीकाे काम गरिएकाे सञ्चालक पाैडेलले बताउनुभयाे ।