२०८१ माघ ६ गते आइतवार

दाङमा हावाहुरीले विद्युत सेवा अवरुद्ध, मर्मतको काम चल्दै



फाइल तस्बिर

दाङ, ६ असार ।
गएराति आएको हावाहुरीले तुलसीपुर क्षेत्रमा विद्युत अबरुद्ध भएको छ । हावाहुरीले ठाउँ ठाउँमा विद्युतका पोल ढलेका छन् । विद्युतका पोल ढलेपछि गएरातीदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

हावाहुरीले विभिन्न ठाँउमा विद्युतको पोलमा क्षति गरेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ । बिग्रेको ठाँउमा मर्मतको काम भइरहेको तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले बताउनुभयो ।

हापुरे सवस्टेशन अन्तर्गत पञ्चकुले जंगलमा रुखहरु ढलेको, विद्युतको तारमा रुखका हाँगाहरु परेकोले विद्युत सेवा अवरुद्ध भएको हो । तर मूख्य लाइनमा मर्मतको काम बिहानसम्म सकिएको र अब शवस्टेशनमा चार्जिङको काम हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार