२०८१ माघ १० गते बिहिवार

पशुपति मावि हरिपौरीले मनायाे योग दिवस



तुलसीपुर,७ दाङ ।

तुलसीपुर-१२ हरिपौरीमा रहेको पशुपति माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ।

विद्यालयले आज(शुक्रबार) कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय योग दिवस मनाएको हो।

´आफू र समाजका लागि योग`भन्ने नाराका साथ आज विश्वयोग दिवस मनाइएको छ। योगले शरीर र मनलाई जोड्ने भएकाले विद्यार्थी जीवनमा योग अति आवश्यक भएको रहेको विद्यालयका प्रधानाध्यापक राधा चौधरीले बताउनुभयो।

 उपमहानगरभित्र रहेका सम्पूर्ण विद्यालयहरूमा योग दिवस मनाउने कार्यक्रम अनुसार  पशुपति माविमापनि योग दिवस मनाइएकाे  उहाँले बताउनुभयो । योग प्रशिक्षक बलदेव रजौरे, बामदेव बिष्ट, माया केसी र लोक कुमारी बस्नेतले याेगा अभ्यासकाे सहजीकरण गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रवार