दाङ, १० असार ।
तुलसीपुर-१९ हाडिमेमा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रले लागू पदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धि अन्तक्रिया कार्यक्रम गरेको छ ।
जनता संस्कृत मावि बिजौरीका विद्यार्थीहरुलाई नयाँ पाईला पुर्नस्थापना केन्द्रले सचेत गराउदै लागू पदार्थको बारेमा अन्तक्रिया गराएको हो ।
कार्यक्रममा मनाेविश्लेषक शैलेश आचार्यले विद्यार्थीहरुलाई लागू औषध दुर्व्यसन, लागू पदार्थको सेवनले पार्ने असरको बारेमा जानकारी गराउनु भएको हो ।
उहाँले लागू पदार्थ दुर्व्यसनले शारीरिक, मानसिक र सामाजिक रुपमा असर परेको बताउनुभयो । उहाँले विद्यार्थीलाई लागू औषध सेवन पारिवारिक सामाजिक रुपमा समेत असर पार्ने बताउनुभयो ।
आजका बालबालिका नै भोलिका जिम्मेवार ब्यक्ति भएकाले यस्ता कुराहरुबाट बालबालिकाहरु टाढा हुनुपर्ने बताउनुभयो । पछिल्लो समय विद्यार्थीहरु नै लागू पदार्थ दुर्व्यसनमा धेरै फस्न थालेको भन्दै स्कुल लेबलबाट नै सकारात्मक कुरा सिकाउनुपर्ने बताउनुभयो ।
समाजमा जटिल रुपमा देखिन थालेको लागू औषध दुर्व्यसनलाई न्यूनीकरण गर्न नागरिक समाज, सामाजिक संघ संस्था, अभिभावक, विद्यार्थी, विद्यालय, शिक्षक सबैले आ-आफ्नो ठाउँ बाट सहयोग गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा कक्षा ८,९ र १० का गरि २५० बढी विद्यार्थीको सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक पदमबहादुर रावतको अध्यक्षतामा कार्यक्रम भएको हो ।
जनता संस्कृत मावि बिजौरीको आयाेजना तथा नयाँ पाईला पुर्नस्थापना समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण बालक्लब परिचालक तथा जुनियर रेडक्रस सर्कल मावि बिजौरीका शिक्षक नायक शंकर आशिष् आचार्यले गर्नु भएको हो ।