२०८१ साउन ५ गते आइतवार

तुलसीपुर उपमहानगरपालिकाले ल्यायाे २ अर्ब बढीको बजेट



तुलसीपुर,१० असार ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब बढीको बजेट ल्याएकाे छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ७ कराेड ४९ लाख ६८ हजार ३८१ बराबरको बजेट ल्याएकाे हाे ।

आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार रुपैयाँको बजेट विनियोजन गरेको तुलसीपुरले आगामी वर्षका लागि २१ करोड एक लाख ८९ हजार ३८१ रुपैंयाले बढी बजेट ल्याएको हो ।

नगर उपप्रमुख स्यानी चाैधरीले साेमबार १५ औ नगरसभाकाे दाेस्राे बैठकमा बजेट प्रस्तुत गर्नुहुदै आगामी आर्थिक वर्षका लागि चालुतर्फ ६५ प्रतिशत अर्थात् १ अर्ब ३६ कराेड १८ लाख ५ हजार १५२ बजेट ल्याएकाे बताउनुभयो ।
यस्तै पुँजीगततर्फ ३३ दशमलव ४१ प्रतिशत अर्थात ६९ कराेड ३१ लाख ६३ हजार १९९ बजेट ल्याएकाे नगर उपप्रमुख चाैधरीले बताउनुभयो ।

नगरले आगामी आर्थिक वर्ष २०८१/२०८२ मा शिक्षालाई प्राथमिकता दिएर बजेट ल्याएकाे छ । नगरले शिक्षातर्फ कुल बजेटकाे ३० प्रतिशत अर्थात ६३ कराेड ४२ लाख ४९ हजार बजेट ल्याएकाे छ ।

नगर उपप्रमुख चाैधरीले स्वास्थमा ४ दशमलव ६२ अर्थात ९ कराेड ५९ लाख ४० हजार बिनियाेजन गरिएको बताउनुभयो ।
यस्तै कृषितर्फबाट नगरले २ दशमलव ६४ प्रतिशत अर्थात् ५ कराेड ४८ लाख १४ हजार बजेट बिनियाेजन गरेकाे छ ।
यस्तै पशु शाखातर्फ २ कराेड ११ लाख ८४ हजार ५७५ बजेट बिनियाेजन गरेको नगर उपप्रमुख चाैधरीले बताउनुभयो

प्रकाशित मिति : २०८१ असार १० गते सोमवार