तुलसीपुर, २१ असार ।
तुलसिपुरमा अबस्थित हिमाल एकाडेमीले मंगलबार एक कार्यक्रमका बिच जेष्ठ महिनाका उत्कृष्ट बिद्यार्थी तथा विभिन्न कार्यक्रमका बिजयी बिद्यार्थीलाई पदक र नगदले सम्मान गरिएको छ ।
कक्षा ४ बाट आयुश बुढाथोकी,५ बाट भुमिका सिंह, ६ बाट जेनिश चौधरी ,७ बाट प्रणभ लामिछाने, ८ बाट एलिश बुढाथोकी ,९ दीप शिखा कार्की र कक्षा १० बाट ठाकुर प्रसाद रावत लाई उत्कृष्ट बिधार्थी अवार्ड बाट सम्मान गरिएको हो ।
त्यस्तै स्काउट लुम्बिनी प्रदेसको आयोजनमा भएको प्रदेश स्तरिय बक्तृत्वकलामा तृतिय स्थान प्राप्त गर्ने हिमाल एकाडेमि स्काउटका सौम्या पराजुली लाई नगद ५००० सहित सम्मान गरिएको थियो । चित्रकला प्रतियोगिता तथा लोक गित गायन प्रतियोगितामा बिजयी बिधार्थी लाई पनि पदक तथा प्रमाणपत्र द्वारा सम्मन गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक मधुसुधन केसि को अध्यक्षतामा सम्मपन्न कार्यक्रममा सन्चालक समिती सदस्य गणेश अधिकारी, प्रधानाध्यापक नवीन कुमार पराजुली, सहायक प्रधानाध्यापक राधा पोख्रेल लगाएतले बिधार्थीको चौतर्फी बिकासकालागि अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भुमिका रहने बताउदै सबैको सामुहिक प्रयासबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण बिधालय संयोजवक दोर्ण चन्दले गर्नुभएको थियो