२०८१ साउन ५ गते आइतवार

शिखा बोर्डिङका अभिभावकलाई ‘असल अभिभावक शिक्षा’



तुलसीपुर, १५ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको शिखा इंलिस स्कुलले असल अभिभावकबारे अभिमूखिकरण गरेको छ । विद्यालयले बालबालिकाको पहिलो पाठशाला घरमा अभिभावकले खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउन असल अभिभावक शिक्षा प्रदान गरेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावककलाई मोटिभेस्नल ट्रेनर देशराज दाहालले असल अभिभावकबारे प्रशिक्षण दिनुभएको हो । उहाँले बालबालिकालाई विद्यालय पठाएर मात्रै असल अभिभावक हुन नसक्ने भन्दै असल अभिभावक बन्नका लागि बालबालिकालाई घरमै संस्कार पनि दिनुपर्ने बताउनुभयो ।

उहाँले बालबालिकाको शारीरिक एवं मानसिक विकासमा अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै असल र नैतिकवान जनशक्ति उत्पादनमा शिक्षकसंगै अभिभावकले पनि विभिन्न जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक सुमन केसीको अध्यक्षता तथा मोटिभेस्नल टे«नर दाहालको प्रमुख आतिथ्यतामा अभिमूखिकरण कार्यक्रम गरिएको हो ।

विद्यालयले एसइई २०८० मा उत्तिर्ण हुने विद्यार्थीलाई समेत सम्मान गरेको छ । कार्यक्रममा विद्यार्थीले विभिन्न नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक जीतबहादुर बस्नेतले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार