२०८१ साउन ५ गते आइतवार

दाङमा ससुराको गोठमा आगो लगाइदिएको अभियोगमा महिला पक्राउ



दाङ, १६ असार ।
दाङमा आफ्नै ससुराको गोठमा आगो लगाएको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

बङलाचुली गाउँपालिका-५ साकिनेका २६ वर्षीया खेमा घर्तीलाई हिजो शनिबार प्रहरीले पक्राउ गरेको हो । ७३ वर्षीय ओबिराम घर्तीको गोठमा उहाँको बुहारी खेमाले आगो लगाकी हुन् ।

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटीबाट गोठको छानामा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठ पूरै जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले खेमालाई पक्राउ गरेको हो ॥

प्रकाशित मिति : २०८१ असार १६ गते आइतवार