२०८१ माघ ४ गते शुक्रवार

नालाको पानी घरमा पस्दा समस्या



तुलसीपुर, २२ असार
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको सक्षम टोल विकास संस्थाको केही घरमा नालाको पानी घरमा पस्दा समस्या भएको छ । असारे विकासले गर्दा स्थानियलाई समस्या भएको स्थानिय अर्जुन गिरीले बताउनुभयो ।

शान्तीदिप बोर्डिङ हुँदै टिकरी जोड्ने बाटोमा नालाको पानी स्थानियको घरमा पसेको गिरीको भनाई छ । असारे विकास निर्माणले गर्दा यस्तो समस्या आएको उहाँले बताउनुभयो । शान्तीदिप बोर्डिङ हुँदै टिकरी जोड्ने बाटो नाला सहितको कालोपत्रे भएको छ । नाला बनाउँदा टेका लगाएको काठ ननिकाल्दा पानी पास हुन सकेको छैन । त्यसले गर्दा नालाको पानी बाटो हुँदै घरमा पसेको उहाँले बताउनुभयो ।

भर्खरै कालोपत्रे गरेको बाटो पनी उम्कीएको छ । बाटोमा पानी आउँदा स्थानियलाई आवतजावटमा समस्या भएको उहाँले बताउनुभयो । कल्भर्ट ढलान भएको २० दिन भएता पनि ठेकेदारले टेका लगाएको काठ नहटाउदा पानी पास हुन सकेको छैन । काठ हटाउनको लागि ठेकेदारलाई भनेता पनि सुनुवाई नभएको उहाँले बताउनुभयो ।

कल्भर्टको नजिकमा रहेको करिब ४,५ घरमा नालाको पानी घरमा पस्ने समस्या रहेको गिरीले बताउनुभयो । रातीमा ठूलो पानी परेपछि घरमा क्षति पुग्ने भएकोले स्थानिय बासी त्रासमा रहेको उहाँको भनाई छ ।।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिवार