२०८३ बैशाख १८ गते शुक्रवार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि



दाङ, १ साउन ।
नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

बढेको मुल्य आज बिहानदेखि लागु भएको छ । मुल्य बढेपछि अब दाङ उपत्यका र सुर्खेतमा पेट्रोल प्रति लिटर १६६ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १५६ भएको छ ।

निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार