
तुलसीपुर,२० साउन।
माध्यमिक विद्यालय तुलसीपुर सेन्टर परिसरमा फलफुलका बिरुवा रोपिएको छ। तुलसीपुर-६ गाेलाैरा निवासी टाेपबहादुर महतारा दम्पतिकाे सक्रियतामा एभाेकाडाे,आँप लगायतका फलफुलका बिरुवाहरु रोपिएको हो।
दाङमा एभाेकाडाेलाई फलफूलमा दुर्लभ बिरुवाको रुपमा लिइन्छ। एभाेकाडाेकाे फललाई मधुमेह, सुगर, थाइराइड, प्रेसर लगाएतका समस्या भएकाहरूले धेरै प्रयोग गर्ने गरेकाे पाइन्छ भने आँप फलफूलकाे राजा मानिन्छ । दुवै फल मानव स्वास्थ्यका लागि लाभदायक रहेकाले विद्यालय परिसरमा राेपिएकाे महताराले बताउनुभयाे ।
यस वर्ष तुलसीपुर क्षेत्रका अन्य सामुदायिक विद्यालयहरूमा पनि फलफुलका बिरुवा रोपण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारी, विद्यालयका प्रधानाध्यापक भागवत पौडेल तुलसीपुर महानगरपालिका विपत शाखा प्रमुख टोपबहादुर डाँगी,तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका सदस्य गिता विष्ट महतारा लगाएत शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।