२०८२ फाल्गुन ३० गते शनिवार

दाङमा लागुऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ



दाङ, १ भदौ ।
दाङमा लागूऔषध ब्राउन सुगरसहित दुई जना महिला पक्राउ परेका छन् । लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी २४ वर्षिय सिर्जना कुँवर र २० वर्षिय कौशिला कुमाललाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार कुँवरको घरबाट दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको साथबाट हरियो प्लाष्टिकमा कालो धागोले बाँधिराखेको दुई पुडिया खैरो रंगको २८० मिलिग्राम बरामद गरिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १ गते शनिवार