केही वर्षपछि मेरो देशमा सटर हुनेछन्,
पसल हुनेछैन, जमीन हुनेछ, फसल हुनेछैन।
अस्पताल हुनेछ, नर्सहरू हुनेछैनन्, बिरामी हुनेछन्, डाक्टरहरू हुनेछैनन्।
बिजुलीका हिटर हुनेछन्, ताप्ने मान्छे हुनेछैनन्।
पानीका धारा हुनेछन्, थाप्ने मान्छे हुनेछैनन्।
बस हुनेछन्, चढ्ने मान्छे हुनेछैनन्।
स्कुल हुनेछन्, पढ्ने मान्छे हुनेछैनन्।
केही वर्षपछि मेरो देशमा- चौतारो हुनेछ,
तर भारी बिसाउने कोही हुनेछैन।
बनपाखा हुनेछन्, तर भाका मिसाउने कोही हुने छैनन्।
केही वर्षपछि मेरो देशमा गोठ हुनेछन्,
तर भैंसी र गाई हुनेछैनन्।
भाइटीका हुनेछ, तर दिदीबहिनी र दाजुभाइ हुनेछैनन्।
क्रिकेट ग्राउण्ड हुनेछ, तर खेल्ने खेलाडी हुनेछैनन्।
सिन्दूर, पोते, र चुरा हुनेछन्,
तर लाउने सिउँदो,गला र नाडी हुने छैनन्।
प्रकाशित मिति : २०८१ भाद्र १५ गते शनिवार

