दाङ, १८ भदौ ।
दाङको दंगिशरण गाउँपालिकाका एक व्यक्तिलाई बलत्कार कसुरमा सात वर्ष जेल सजाय हुने भएको छ । बलात्कार गरेको कसुरमा दाङ जिल्ला अदालतले दंगीशरण गाउँपालिका-२ का दीपक वलीलाई सात वर्ष कैद सजाय गरेको हो ।
जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले दोषी ठहर गर्दै सात वर्ष कैद, तीन लाख जरिवाना र ४० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलव्ध गराउने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
वलीले ०८० पुस १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको हो ।
प्रकाशित मिति : २०८१ भाद्र १८ गते मङ्गलवार