२०८३ बैशाख ४ गते शुक्रवार

तुलसीपुरले तोक्यो एक देखि १२ कक्षासम्मको सर्टिफिकेट शुल्क



तुलसीपुर,१ असाेज।

तुलसीपुर उपमहानगरपालिकाले विद्यालयकालागि सर्टिफिकेट शुल्क निर्धारण गरेको छ ।

आज बसेको शिक्षा समितिको बैठकले मावि तहसम्मको सर्टिफिकेट शुल्क निर्धारण गरेको हो । शिक्षा शाखा प्रमुख चक्र भण्डारीका अनुसार १ देखि ५ कक्षा सम्मको ५ सय,६ देखि ८ कक्षा सम्मको १ हजार र ९ देखि १२ कक्षा सम्मको ३ हजार रूपैयाँ सर्टिफिकेट शुल्क निर्धारण गरिएको छ ।

उनका अनुसार यो शुल्क निर्धारण तुलसीपुर उपमहानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयकालागि निर्धारण गरिएको हो । ´हामीले मावि तहसम्मको सर्टिफिकेटको अधिकतम शुल्क तोकेका छौँ ।` भण्डारीले भने,´तोकिएको भन्दा बढी लगेको पाइएमा कार्वाही हुन्छ ।`

प्रकाशित मिति : २०८१ असोज १ गते मङ्गलवार