तुलसीपुर, ७ असोज ।
नेशनल प्याब्सन तुलसीपुरले सोमबार गणित दौड र पठन सीप प्रतियोगिता गरेको छ । विद्यार्थीको क्षमता जाँच तथा विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ नेशनल प्याब्सनले गणित दौड र पठन सिप प्रतियोगिता गरेको हो ।
नेशनल प्याब्सन तुलसीपुरका अध्यक्ष सुमन केसीको अध्यक्षता एवं नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अवसरमा उपाध्यक्ष डाँगीले विद्यार्थीमा पठन सिपको विकास अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले उच्चारण सहि नहुँदा गलत अर्थ लाग्ने भएकाले पनि विद्यार्थीले पठन सिपको विकास गर्नु अनिवार्य भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष भोजराज न्यौपानेले विद्यार्थीको बौद्धिकता मापनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नेशनल प्याब्सनले विभिन्न समयमा विद्यार्थीको क्षमता विकासका लागि प्रतियोगीताको आयोजना गर्ने गरेको बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत मन बहादुर खड्काले विद्यार्थीलाई टिक्ने र बिक्ने जनशक्ति बनाउनका लागि विभिन्न समयमा यस्ता प्रतियोगिताको आयोजना गरिनुपर्ने बताउनुभयो ।
यसैविच आजै सम्पन्न पठन बोध प्रतियोगितामा छात्रातर्फ युनाइटेड स्कुलका सरिष्मा थापा प्रथम,शारदा सिस्नेका सविना बुदाथोकी द्वितीय र हिमालय बोडिङका प्रेमिका के.सी तृतीय भएका थिए । छात्रतर्फ मिनि भ्यालीका अर्मन खड्का प्रथम,ज्ञान ज्योतिका प्रज्ज्वल वि.क द्वितीय र सगरमाथा स्कुलका श्रवण डि.सी तृतीय भएका थिए । यस्गतै गणित दौडको छात्रा तर्फ जनप्रीयफस्कुलका नेलिमा चौधरी प्रथम, शारदा सिस्नेका सुप्रीया परियार द्वितिय र लोकप्रीय वाेडिङका सुस्मा बुदाथोकी तृतीय भएकी थिइन भने छात्र तर्फ सरस्वतिका दिपेश डाँगी प्रथम , शिखा स्कुलका राजकुमार वि.क द्वितीय र सगरमाथा वाेडिङका हिरसान्त गिरि तृतीय भएका थिए ।
प्रतियोगितामा नगरभित्र संचालनमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत १ देखि ५ कक्षासम्म विद्यार्थी सहभागी भएका थिए । कार्यक्रमको सहजीकरण नेशनल प्याब्सन तुलसीपुरका उपाध्यक्ष लिलाधर भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव रमेश पौडेलले गर्नुभएको हो ।