२०८१ असोज १८ गते शुक्रवार

जनसेवा बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारणसभा सम्पन्न



तुलसीपुर, १२ असोज ।

दाङको तुलसीपुर-७ खर्चवामा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं साधारणसभा गरेको छ । सहकारीले शनिबार एक कार्यक्रमको आयोजना गरी सहकारीले २५ औं साधारणसभा गरेको हो ।

संस्थाका अध्यक्ष जीवन भण्डारीको अध्यक्षता तथा तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । त्यस अवसरमा वडाअध्यक्ष जीसीले सहकारीलाई सुदृढ बनाउनका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

उहाँले शेयर सदस्यहरूलाई सहकारीको गतिविधिहरूमा निगरानी राख्न पनि आग्रह गर्नुभयो । जीसीले सहकारीले उत्कृष्ट काम गर्दै आएको र नागरिकहरूमा वचत गर्ने संस्कारको विकास भएको उल्लेख गर्दै उत्पादनशील क्षेत्रहरूमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहाकार शेषुराम भण्डारी, दुर्गा प्रसाद भण्डारी, नारायण प्रसाद भण्डारी, पूर्व अध्यक्ष खग प्रसाद पोख्रेल, झग्गु प्रसाद भुसाल लगाएतकाले शुमकामना मन्तव्य राख्नुभएको हो ।

संस्थाको प्रगति तथा सांगठनिक प्रतिवेदन सचिव दिपक केसीले प्रस्तुत गर्नुभएको हो । यसैगरी आर्थिक तथा आगामी अनुमानित बजेट कोषाध्यक्ष विक्रम बाबु केसी र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा संयोजक सुनिल खनालले प्रस्तुत गर्नुभएको हो ।

यसैबिच साधारणसभामा जेष्ठ सदस्य फत्तेलाल भुसाल, मिना कुमारी भुसाल, तुलाराम भण्डारी, असल वचतकर्तातर्फ दिल बहादुर दमाइ, जीवा घर्तीलाई सम्मान गरिएको छ । यस्तै धेरै शेयर सदस्य बनाउने शेयर सदस्यमा सुस्मिता गिरी, हुमलाल जैसी, शुसिल जैसी, नियमित वचत धेरै गर्ने सदस्यमा विश्वनाथ रिजाल र निखिल न्योपाने सम्मानित हुनुभएको छ ।

यस्तै गरी संस्थाले असल ऋणीमा सीता खड्का, खिमानन्द खनाल, भवन निर्माण कोषमा सहयोग गर्ने सहयोगी दाता सुस्मिता गिरी, मुम प्रसाद पोख्रेल र भुमा कुमारी केसीलाई सम्मान गरेको हो ।

संस्थाका उपाध्यक्ष खिमराम जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव दिपक केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिवार