दाङ, १४ असाेज ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले भोली बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैँया घटाएको हो । यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैँया र अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो लिटर ४५ अमेरिकी डलरले घटाएको हाे।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५७ र तेस्रो वर्गका लागि १ सय ५८ कायम भएको छ ।
डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ४४ रुपैयाँ ५० पैसा, एक सय ४६ रुपैयाँ र एक सय ४७ रुपैयाँ रहेको छ ।आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १ सय २६ रूपैयाँ कायम गरिएको छ ।
यस्तै काठमान्डाैँ अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ९ सय ६० र भैरहवा तथा पाेखरा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ६० कायम गरिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रुपमा तोकेको छ ।
नयाँ मूल्य निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुनेछ । इण्डियन आयल कर्पोरेशन (आइओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
यस्तै खाना पकाउने एल.पि ग्यासमा प्रतीसिलसन्डर २ सय ६९ रूपैयाँ ८० पैसा घाटा रहेपनि अहिलेलाई पुरानै बिक्री मुल्य यथावत् राखिएकाे निगमले जनाएकाे छ ।