२०८२ चैत्र २० गते शुक्रवार

तुलसीपुरमा पूर्व प्रहरी संगठनको शुभकामना आदानप्रदान



तुलसीपुर, २१ असोज ।
नेपाल पूर्व प्रहरी संगठन तुलसीपुर उपमहानगरपालिका कार्यसमितिको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष पूर्व प्रहरी निरीक्षक खुशलबहादुर आलेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं लुम्विनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेर कडायतको विशिष्ट आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम भएको होे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख खड्काले पूर्व प्रहरीको योगदान महत्वपूणर् रहेको बताउनुभयो । उहाँले राष्ट्रसेवक पूर्व प्रहरीले विगतमा राष्ट्र र जनताको लागि महत्वपूणर् योगदान दिएको बताउनुभयो । कार्यक्रममा पूर्व प्रहरी संगठनको लागि पालिकाबाट हुन सक्ने सबै सहयोग हुने बताउनुभयो ।
त्यस्तै प्रहरी नायव महानिरीक्षक कडायतले पूर्व प्रहरीको योगदानको कारणले आफुहरु यो ठाउँमा आएको बताउनुभयो । उहाँले पूर्वप्रहरीहरुको भुमिका महत्वपूणर् भएको बताउदै संसारको उत्कृष्ट विद्यालय नेपाल प्रहरी संगठन भएको बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रहरी नायव उपरीक्षक रोबरबहादुर बस्नेत, वडा नंम्बर १८ का वडाध्यक्ष माधव वली, वडा नंम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी,त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, पूर्व प्रहरी संगठन तुलसीपुरका आजिवन सदस्य प्रकास बहादुर सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको हो ।

सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान र लामो समयसम्म नेपाल प्रहरीमा सेवा गरि अवकाश प्राप्त गरि संगठनमा आजिवन सदस्यता प्राप्त गर्नेलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

सल्लाहकार विरबहादुर बुढाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण संगठनका सहसचिव बालकृष्ण पौडेलले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमवार