२०८१ मङ्सिर २४ गते सोमवार

विपद ब्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम



दाङ, ३ कार्तिक ।
लुम्बिनी प्रदेश विपद ब्यबस्थापन गुल्म तुलसीपुरले विपद ब्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीको टोलीले आज तुलसीपुर-७ कुमाल गाउँमा विपदबाट हुने क्षति र जनधनको क्षति न्यूनिकरण गर्न अभिमुखीकरण गरेको हो ।

त्यसअबसरमा तुलसीपुरका प्रहरी नायव निरीक्षक बालाराम केसीले विपद विभिन्न प्रकारका भएपनि विशेषगरी आगलागीको बारेमा सचेतना फैलाउने गरेको बताउनुभयो । उहाँले प्राकृतिक रुपमा हुने आगलागी भन्दा पनि मानविय त्रुटिबाट हुने क्षतिबाट बच्न सकिने भन्दै सचेत गराउनु भएको हो ।

आगलागी भएपछि अपनाउनुपर्ने सतर्कता, आगलागी हुँदा के गर्ने, आपत्कालीन योजना निर्माण, घरमा प्राथमिक उपचार, अथवा अस्पतालसम्म कसरी पु¥याउने भन्ने बारेमा जानकरी दिनुभयो ।

यसैगरी आगलागीमा धेरै मानिस प्रभावित हुने तथा जनधनको क्षतिको सम्भावना बढ्ने भन्दै उद्योग, कलकारखाना, औधोगिक ग्राम, पेट्रोल पम्प तथा पेट्रोल भण्डारण स्थल अग्नि सुरक्षित बनाउने, घर-भान्छा-भवन निर्माण गर्दा, विद्युतीय वायरिङ, सजावटका लागि राखिएका विद्युतीय सामग्री, ग्याँस चुल्हो आदिको निरीक्षण गर्नाले यसबाट हुने क्षतिबाट बच्न सकिने बताउनुभयो ।

यस्तै प्रहरी जवान राजेन्द्र सुनारले ग्याँस सिलिन्डर र मट्टीतेल जस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढगंले राख्नुपर्ने बताउनुभयो । सानो आगो लागेमा फायर यस्ट्ररिङ एसरले निभाउन सकिने बताउनुभयो । उहाँले कहिकतै आगलागि भएमा आफु सुरक्षीत हुँदै उद्दार गर्नको लागि प्रयोगात्मक रुपमै सिकाउनु भएको हा ।

खाना पकाउदा, विद्युतिय सामाग्री प्रयोग गर्दा आगो लागेमा चिसो कपडाले आगो लागेको भागमा हावा छिर्न नदिइ छोपेमा आगो निभ्ने बताउनुभयो । त्यसैगरी आगो नलाग्ने बलाङकेट, चिसो कम्मललगायतका उपाय अपनाउदा पनि आगोबाट बच्न सकिने बताउनुभयो ।

पेट्रोल, मट्टीतेल, विद्युतिय सामान, धातुहरुमा लागेको आओगोलाई पानी निभाउन नसकिने भन्दै प्रहरीलाई सय नम्बर अथवा ९८५७८५०४०० मा खबर गर्न आग्रह गर्नुभयो । उहाँले आगो लागेको समयमा प्रहरीको सय नम्बरसंगै दमकलको १ सय १ र एम्बुलेन्सको १ सय २ नम्बरमा जानकारी गराएमा जनधनको क्षति कम हुने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसी यो सचेतनामूलक कार्यक्रम सबै ठाउँमा फैलाउनुपर्ने बताउनुभयो । विशेषगरी ग्रामिण समुदायमा यो कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा प्रहरीसंग सहकार्य गरेर विभिन्न टोलमा यस्ता जनचेतनाका कार्यक्रम गर्ने बताउनुभयो।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार