
दाङ, ८ असाेज ।
ज्ञानदीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ।
यही कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न समारोहमा उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष र कलेजले विभिन्न समयमा ल्याएको उत्कृष्ट नतिजाको आधारमा ज्ञानदीप कलेजलाई यो अवार्ड प्रदान गरिएको हो।
ज्ञान दीप कलेजका भाइस प्रिन्सिपल मनोज केसी र एकेडेमिक कोर्डिनेटर शरद गौतमले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो। कलेज उत्कृष्ट नतिजाकै आधारमा देशभरिका कलेजहरूमध्ये ७ औं स्थानमा पर्न सफल भएको छ। उक्त अवार्ड कार्यक्रममा देशैभरिका कलेजहरूको सहभागिता रहेको थियो।
कलेजले विभिन्न समयमा उत्कृष्ट अवार्डहरू प्राप्त गर्दै आएको छ। पश्चिम नेपालमै उच्च व्यवस्थापनका साथ सञ्चालन भइरहेको कलेजले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ।
प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार