२०८१ चैत्र ५ गते मङ्गलवार

दाङमा लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ



दाङ, ९ कार्तिक ।
दाङमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका-५ नामीनगरका २६ वर्षिय दिपेश डाँगीलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

डाँगीलाई आज दिउँसो १२ बजेतिर घोराही उपमहानगरपालिका-१३ बराहक्षेत्र ज्यामिरेदह सामुदायिक बनको पिपलचौतारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

डाँगीको साथबाट प्लाष्टिकसहित ६ ग्राम ३३० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार