दाङ, २ मंसिर ।
दाङमा लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बहराइच रुपैंडिहा घर भइ हाल तुलसीपुर-६ मदन आश्रित चोक नजिक कोठा भाडामा बस्ने ३४ वर्षका इरफान राइ, तुलसीपुर-६ का २८ वर्षका मनोज सुनार र सोही ठाँउका १९ वर्षका रञ्जित बुढाथोकी रहेका छन् ।
उनिहरुको साथबाट ६ पुडिया खैरो रङ जस्तो देखिने ब्राउन सुगर ३ ग्राम ८ सय २१ मिलीग्राम लागूऔषध फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
नेपागंजबाट तुलसीपुर तर्फ आउदै गरेको लु १ ख ४६०१ नम्बरको गाडीलाई तुलसीपुर-१३ दमारगाँउ चेक पोष्टमा खटिएको प्रहरीले चकजाँच गर्दा लागू औषध फेला परेको प्रहरी निरीक्ष थापाले बताउनुभयो ।
पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय तुलसीपरमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ॥
प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार

