सल्यान, ८ मंसिर ।
सल्यानमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् । २३ वर्षीया महिला र ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महिलालाई जबरजस्ती गरेको आरोपमा कुमाख गाउँपालिकाका २६ वर्षीय सन्देश शाह र ६ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा शारदा नगरपालिकाका १४ वर्षीय बालक पक्राउ परेका हुन् ।
शाहले गत कार्तिक २८ गते र बालकले कार्तिक २० गते बालिकालाई जबरजस्ती गरेको आफन्तले जाहेरी दिएपछि दुवैलाई आज शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ॥
प्रकाशित मिति : २०८१ मङ्सिर ८ गते शनिवार