तुलसीपुर, १३ मंसिर ।
तुलसीपुर उपमहानगरपालिकाका ५ जना वडा अध्यक्षले कर्मचारीको आन्दोलनप्रति ऐकेवद्धता जनाएका छन् । सुशासन समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष धर्मराज वली, लेखा समितिका संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल, वडा नंम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाह, ७ का अध्यक्ष राम बहादुर जिसी र १७ का अध्यक्ष थलराज पुरीले पनि आन्दोलनमा ऐकेवद्धता जनाएका हुन् ।
सुशासन समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष धर्मराज वलीले कार्यपालिकको निणर्यमा आफुलाई कुनै जानकारी नभएको जानकारी दिनुभयो।
वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले छलफल नै नगरी गरिएको निणर्य आफुहरुलाई मान्य नहुने बताउनुभयो । उहाँले आफूहरु आन्दोलित कर्मचारीकै साथमा रहेको बताउनुभयो ।
यस्तै वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीले कामको शिलशिलामा जिल्ला बाहिर भएपनि कर्मचारीकै आन्दोलनमा ऐकेवद्धता रहेको बताउनुभयो ।
यता प्रमुख प्रसशासकीय अधिकृत गेहेन्द्र कहादुर डाँगीले भने आफुलाई लागेको आरोप अस्विकार गर्नु भएको छ । कार्यपालिका बैठकमा भएका निणर्यहरुलाई कार्यान्वयनमात्र गरेको बताउनुभयो ।