२०८१ मङ्सिर २४ गते सोमवार

अपाङ्गता दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता



दाङ, १३ मंसिर ।
तुलसीपुरमा ३३ औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको सन्दर्भ पारेर हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । डिसेम्बर ३ मा पर्ने अन्तर्राष्ट्रिय अपाङगता दिवसको पूर्व सन्ध्यामा आज तुलसीपुर-७ मावी कालाखोलामा हाजिरीजवाफ प्रतियोगित भएको हो ।

तुलसीपुर उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय महिला बालबालिका तथा सामाजीक विकास शाखाको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर-७ का वडा अध्यक्ष राम बहादुर जीसीले शारिरीक रुपमा अपाङगता भएका बालबालिकाहरुको हक अधिकार सुनिश्चि गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले बालबालिकाहरुको क्षमता विकासमा सहयोग पुग्नेमा जोड दिनुभएको हो ।

महिला बालबालिका तथा सामाजीक विकास शाखाका प्रमुख माया श्रेष्ठले समाजमा अपाङ्गता भएका बालबालिकाहरुको समावेशी विकास र समान अवसरको सुनिश्चितता गर्न सबै एकजुट भएर लाग्नुुपर्ने बताउनुभयो । उहाँले प्रकारका प्रतियोगिताले बालबालिकाहरुको आत्मविश्वास र क्षमतामा वृद्धि गर्न मद्दत पुग्ने बताउनुभयो ।

प्रतियोगितामा तिन प्रकारका अपाङगता भएका बालबालिकाहरुलाई सहभागि गराइएको थियो । शारीरिक अपाङगता, बहीरा अपाङगता, दृष्टिबिहीन अपाङगता भएका बालबालिका र छात्रावासमा बसेका बालबालीकाहरु हाजीरी जवाफ प्रतियोगितामा सहभागि भएका थिए ।

हरेक बालबालिकाहरुलाई आठ वटा समूहमा विभाजन गरेर हाजिरीजवाफ प्रतियोगित गरिएको हो । प्रतियोगितामा १० कक्षा मुनिका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

जसमा समूह इ ८ अंकका साथ प्रथम भएको छ । समूह इ मा सुनिल वली, सुदन चौधरी र बिरेन्द्र वली रहेका थिए । समूह एच द्धितिय भएको छ । जसमा तृष्णा बिक, सरोज विक र गोपाल वली रहेका थिए । यस्तै समूह एफ र बि तृतिय भएको छ । जसमा मन कुमारी खड्का, मोनिका साह, गणेश गन्दर्भ, देवेन्द्र वली अर्जुन बिक र शारदा शर्मा रहेका थिए ।

तुलसीपुर उपहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जीसीको अध्यक्षतामा कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक राजिव ओझाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षा शाखाका प्रतिनिधी ज्ञान बहादुर डाँगी र शिक्षक छवी न्यौपानेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार