दाङ, २१ मंसिर ।
दाङको तुलसीपुरबाट नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हिमाल टोलमा जुवा खेलीरहेको अवस्थामा नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार गोविन्द आचार्यको घरको छतमा जुवा खेलीरहेको अवस्थामा नगद ९२ हजार १६५ सहित ५ जना पक्राउ परेका हुन् ।
प्रहरीले बिहिबार दिउँसो ४ बजेतिर जुवा खेलीरहेको अवस्थामा तुलसीपुर-५ का ३१ वर्षिय तुलसीराम आचार्य, वडा नम्बर ६ का ३६ वर्षिय सुवास चौधरी, वडा नम्बर ११ का ६० वर्षिय केशर बहादुर केसी , दंगिशरण गाँउपालिका वडा नम्बर २ का ५१ वर्षका दिपक देबकोटा र सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ७ का ३४ वर्षिय दुर्गा बिष्टलाई पक्राउ गरेको गरेको हो ।पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।