२०८३ बैशाख १९ गते शनिवार

मोटरसाइकल चोरी गरेको आरोपमा तुलसीपुरबाट दुई जना पक्राउ



दाङ, २९ मंसिर ।
तुलसीपुरमा चोरी भएको मोटरसाइकल सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सल्यानको कपुरकोट गाउपालिका -५ रिमका २५ वर्षिय कमल थापा र पछाडि सवार तुलसीपुर उपमहानगरपालिका -११ मज्गै का गोपाल विकलाई पक्राउ गरेको हो ।

बिहीबार साँझ सात बजेतिर तुलसीपुर -५ नामिनगर स्थित पार्किङ गरि राखेको रा ३ प ५२२१ नम्वरको १२५ सिसिको हिरोहोन्डा कम्पनिको सुपर स्प्लेन्डर मोटरसाइकल चोरि भएको थियो ।

मोटरसाइकल धनी दाङको शान्तिनगर गाउपालिका -२ का खुलराज राणाले निवेदन दिए पश्चात् प्रहरीले खोजिकार्य गर्नेक्रममा राति साढे ९ बजेतिर तुलसीपुर -६ हात्तीखौवाबाट मोटरसाइकल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रहरी निरिक्षक प्रकाश थापाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार