२०८३ बैशाख १९ गते शनिवार

घरायसी विवादमा दाउराले हानेर श्रीमानले गरे श्रीमतीको हत्या



दाङ, ३ मंसिर।
तुलसीपुर उपमहानगरपालिका-२,भमकेमा घरायसी विवादका कारण एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरिक्षक प्रकाश थापाका अनुसार आज (बुधबार) बिहान करिब १० बजे २९ वर्षीय चित्रबहादुर बुढाथोकीले ३२ वर्षीया हस्तिकुमारी बुढाथोकीको टाउकोमा दाउरा प्रहार गरी हत्या गरेका हुन्। हत्या गर्ने समयमा घरमा कोही नभएको कारण घटनाबारे स्थानीयले प्रहरीलाई बिहान साढे १० बजे खबर गरेका थिए।

घटनाको जानकारी पाए लगत्तै प्रहरी निरीक्षक थापाको नेतृत्वमा खटिएको टोलीले फरार रहेका आरोपी चित्रबहादुर बुढाथोकीलाई बिहान सवा ११ बजे कारागार कार्यालय तुलसीपुर नजिकैबाट पक्राउ गरेको हाे।

पक्राउ परेका बुढाथोकीलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार