
तुलसीपुर,५ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालीका-१८,माल बिजौरीमा बिहीबार राति पसलमा सामान किनिरहेका दुईजना व्यक्तिलाई धारिलो हतियार (ग्राँसी) प्रहार गरि फरार रहेका दुईजना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ पर्नेहरूमा
तुलसिपुर-१८ बिजौरीका २२ बर्षिय प्रकाश चौधरी र उनका भाई २० बर्षका प्रमोद चौधरी रहेका छन् । उनिहरूलाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
घटनामा संलग्न रहेका अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो।
बिहीबार राती १० बजेतिर बिजाैरीकाे प्रचण्ड किराना पसलमा सामान किन्न गएका बेला तुलसीपुर-७ का ३० वर्षका सुरेश रसाइली र २८ वर्षका सुरज पुन उनिहरूकाे आक्रमण परेका थिए। घटनामा सुरेशको बाँया कानको छेउमा गहिरो चोट लागेको छ भने सुरजको बाँया हात भाँचिएको छ।
दुवै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जको नर्सिङ होममा पठाइएको छ।