२०८२ चैत्र २० गते शुक्रवार

विद्युत काउन्टर भोलिदेखि संचालनमा आउने



दाङ, १८ पुस ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको विद्युत महशुल बुझाउने काउन्टर भोलिदेखि संचालनमा आउने भएको छ । वितरण केन्द्रको सर्भरमा समस्या आएकाले बन्द भएको  सर्भर आज मर्मत भइसकेकाले भोलिदेखि काउन्टर संचालनमा आउने भएको हो ।

यसअघि भोलि पनि काउन्टर बन्द हुने भनिएकोमा आजै मर्मत भइसकेकाले भोलिदेखि काउन्टर संचालन आउने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ॥

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार