
तुलसीपुर,२० पुस ।
दाङमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पिडिलतले आफुलाई जबरजस्ती करणी गरेको भन्ने दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुबाट खटिएको प्रहरीले आज उनिहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाँउ स्थित जंगलमा लगेर किशोरीलाई जवरजस्ती करणी गरेका थिए ।
प्रहरी निरिक्षक खत्रीका अनुसार जवरजस्ती करणीको घट्ना पुस १३ गते दिउंसो चार बजेतिरको हो ।आरोपीहरुले पीडित बालिकालाई ललाई फकाई स्कुटीमा बसालेर टरीगाँउ फुटबल मैदानको अगाडि लगेका थिए ।
लगत्तै सोही मैदानमा आएका तीन जना व्यक्तिहरूले बालिकालाई चारैतिरबाट घेरा हालेर आरोपी मध्यका एकजनाले सल्लाह छ,भन्दै केही परको जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए । त्यसपछि अर्का एक जना आरोपीले पिडित किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो ।
संगै रहेका अन्य दुई जनाले जबरजस्ती करणीको कार्यमा पुर्ण सहयोग गरेको प्रहरीले बताएको छ ।प्रहरीले घटनामा संलग्न तीन जना व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। अनुसन्धान भैरहेकाले आरोपीहरुको परिचय भने खुलाइएको छैन् । घटनामा संलग्न अर्का एक जनाकोे खोजी भैरहेको प्रहरीले जनाएको छ ।