२०८१ फाल्गुन ६ गते मङ्गलवार

तोलामा आठ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख ५३ हजार नाघ्यो



दाङ,२५ पुस ।
सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ४० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार आठ सय ३० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार