
दाङ, २७ पुस ।
लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री सीता चौधरीले थारु जातिको संस्कार र संस्कृतीलाई संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले एकदिनको लागि देखावटी भन्दा पनि अन्य समयमा पनि चासो दिनुपर्ने बताउनुभयो । उहाँले माघी पर्व सभ्य र रमाइलो तरिकाले मनाउन सबैलाई आग्रह गर्नुभयो ।
उहाँले अर्को फरक प्रशंगमा थारु महिलाहरूले पनि अवसर पाएपछि नेतृत्व लिन सक्ने समेत बताउनुभयो । उहाँले पहिले छोरीहरुलाई नपढाउने समुदाय अहिले सचेत भएको बताउनुभयो ।
तुलसीपुर-१३ का वडा अध्यक्ष मोहनलाल पौडेलले थारु जातिहरुको विषेश पर्व माघी भएकोले यस वर्ष वडाले आफ्नै लगानीमा कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले अब आगामी वर्षहरुमा पनि नागरिकहरुको माग अनुसार कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगर उपप्रमुख माया आचार्य, नेपाल रेडक्रस सोसाइटीका उपसभापति हरिहर पौडेल लगायतले मन्तव्य राख्नुभएको हो ।
वडा सदस्य धनबिर चौधरीको अध्यक्ष तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता चौधरीको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष मोहनलाल पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । थारु अगुवा तिर्थ चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका सरिता चौधरीले गर्नु भएको हो ।