२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर हाेटल व्यवसायी समितिका उपाध्यक्ष दाेर्ण आचार्यमाथि धारिलो हतियार प्रहार



दाङ, ८ माघ । तुलसीपुर हाेटल व्यवसायी समितिका उपाध्यक्ष दाेर्ण आचार्यमाथि धारिलो हतियार प्रहार भएको छ।

उहाँलाई तुलसीपुर-३ राम्रीमा रहेको आफ्नै हाेटलमा आएका दुई जनाले धारिलो हतियार (ग्रासी) प्रहार गरि घाइते बनाएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले हतियार प्रहारमा संलग्न तुलसीपुर-९ बेलुवाका मुकुन्द सापकोटा र उनकाे साढुदाईलाई पक्राउ गरेकाे छ ।

यसैबीच घटनामा संलग्नलाई हदैसम्मको कार्वाहीकाे माग गरिएको छ । समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले घटनामा संलग्नलाई कार्वाहीकाे माग गर्नुभएको छ ।

उहाँले घाइते उपाध्यक्ष आचार्यकाे शिघ्र स्वास्थ्यलाभकाे कामना गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार