२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर-१८ का पशुपालक किसानलाई दूधमा अनुदान दिइँदै



दाङ,१० माघ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ले  पशुपालक  किसानहरूका लागि दूधमा अनुदान दिने कार्यक्रम अघि सारेको छ।

उत्पादित दूधले बजार नपाएर  समस्या रहेको किसानले गुनासो गरेपछि वडाले किसानहरूलाई अनुदान दिन लागेको हो।

वडा नम्बर १८ लाई दूध उत्पादनको हव बनाई वडावासीलाई आत्मनिर्भर बनाउनका लागि  प्रयास गरेको वडा अध्यक्ष माधव वलीले बताउनुभयो।

उहाँले भन्नुभयो -“हामीले किसानका लागि विभिन्न समयमा विभिन्न किसिमका कार्यक्रमहरू ल्याइरहेका छौँ। यसपालि केही नयाँ गरौँ भन्ने सोच आएर दूधमा अनुदान दिने कुरामा हामी जुटेका छौँ। पक्कै पनि यसले दूध उत्पादन गर्ने कृषकहरूलाई हौसला मिल्नेछ भन्ने कुरामा म आशावादी छु,”।

उहाँका अनुसार, यस कार्यक्रमबाट लाभ लिन दूध उत्पादन गर्ने कृषकले महिनामा कम्तीमा १ हजार पाँच सय लिटर दूध उत्पादन गरेकाे हुनुपर्ने व्यवस्था छ ।साथै व्यवसायिक रूपमा पशुपालन गर्दै नेपाल सरकारको मापदण्डअनुसार फर्म तथा व्यवसाय दर्ता गरिएको हुनुपर्छ। सबै प्रक्रिया पुर्‍याएका पशुपालन गर्ने दुध उत्पादक किसानले दुधमा प्रति लिटर १ रुपैयाँ अनुदान पाउने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार