२०८१ चैत्र ३ गते आइतवार

चामल र चीनीको मूल्य खाद्यले संस्थानले घटायाे



दाङ, १५ माघ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले चामल र चीनीको विक्रि मूल्य घटाएको छ । चामलमा प्रति बोरा ७५ रुपैंया र चीनीमा प्रति किलो ५ रुपैंका दरले मूल्य घटाएको खाद्य कम्पनीले जनाएको छ ।

मूल्य घटेसंगै कम्पनीले २५ किलोमा प्रतिबोराको मूल्य दुई हजार १७५ मा विक्रि गरिरहेको कार्यालयका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । यसअघि खाद्य संस्थानले स्टिम जिरा मसिनो चामल प्रति बोराको मूल्य दुई हजार २५० रुपैंयामा विक्रि गदै आएको थियो । अहिले प्रति बोरामा ७५ रुपैंयाले मूल्य घटाएको प्रमुख सुनारले बताउनुभएको छ ।

बजारमा अहिले स्टिम जिरा मसिनो चामलको अत्यधिक माग रहेको उहाँको भनाई छ । उपभोक्ताहरुको मागलाई सम्बोधन गरेर चामलको मूल्य घटाएको सुनारले बताउनुभयो ।

यस्तै खाद्य संस्थानले चिनीको मूल्य पनि प्रति किलो ५ रुपैंयाका दरले घटाएको छ । प्रति किलो १०५ रुपैंयामा विक्रि गदै आएको चिनी अहिले प्रति किलो एक सय रुपैंयामा विक्रि भइरहेको कार्यालय प्रमुख सुनारले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार